मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिविको आंशिक प्राध्यापक केन्द्रिय समितिले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र


  • माउन्टेन खबर
  • बुधबार, साउन २०, २०७८
  • 686
    SHARES

२० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंशिक प्राध्यापक केन्द्रिय संघर्ष समितीले प्रधानमन्त्री शेरबाहादुर देउवालाई दुई बुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आंशिक प्राध्यापक केन्द्रिय संघर्ष समितीका अध्यक्ष गोकुल लिम्बुले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनुभएको हो।

जसमा शेरबहादुर देउवाको सरकारको पालामा पास गरेको उपप्रध्यापकको १४२० करार दरबन्दी तत्काल लागू गर्ने साथै हालै भएको आन्दोलनबाट त्रिवि सग सम्झौता भएको ५८० थप दरबन्दीलाई मन्त्रीपरिषद बाट पारित गरि कार्यन्वन गर्ने कुरा समावेश गरिएको छ ।

केहिदिन अघि आंशिक प्राध्यापक संघर्ष समितीका अध्यक्ष गोकुल लिम्बुको सयोजकत्वमा त्रिभुवन विश्वविद्यालय उपकुलपति , रजिस्ट्रार , रेक्टर र सेवा आयोग कार्यलयमा तालाबन्दी गरिएको थियो ।

लामो समय देखि विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई करार सेवामा नलगी सत्तरी प्रतिशत कक्षा भार लिने शिक्षक हरु न्युनतम ज्यालादारीमा विश्वविद्यालयले चरम शोषण गरेकोले तालाबन्दी गरि उपकुलपति कार्यलय र सेवा आयोग अघि दैनिक रुपमा बिरोधको कार्यक्रम गरेपछी त्रि बि सेवा आयोगले आगामी भदौ १५ गते देखि लिने भनिएको उपप्रध्यापकको परिक्षा हाललाई स्थगन गरेको छ ।

एक बर्ष अघि नियुक्ती लिएर २०७८ असार मसान्त सम्म अध्यापन गराएका सम्पुर्ण आंशिक शिक्षकलाई निसर्त करार बनाउने सम्झौता भएपछी देशव्यापी रुपमा अध्यक्ष गोकुल लिम्बुको प्रशंसा भएको छ । यस्तो ठूलो उपलब्धिलाई सबै आंशिक प्रध्यापक हरुले साथ दिएर कार्यन्वयन प्रक्रिया तत्काल अघि बढेमा आंशिक प्राध्यापक त्रिभुवन विश्वविद्यालयको ठूलो उपलब्धि हुने कुरा त्रि- चन्द्र क्याम्पसका आम्शिक प्राध्यापक नवीन खनालले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }