बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अब फरक भुमिकाबाट क्रिकेटमा जोडिने छु : पारस खड्का


  • माउन्टेन खबर
  • बुधबार, साउन २०, २०७८
  • 962
    SHARES

२० साउन, काठमाडौं । मंगलबार सन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन् । बुधबार पत्रकारसँगको भेटघाट कार्यक्रममा क्रिकेटको प्यासन सकियो र चुनौति सामना गर्न क्रिकेट सँग सम्बन्धित भूमिकामा नै फकिर्ने बताएका हुन् ।

राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । उनको घोषणाले सरोकारवालाहरु आश्चर्यमा परेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहँदा पूर्व कप्तान पारस खड्काले भने धेरै सोच विचार गरेर सन्यासको निधो गरेको बताए । अबको बाटो कुन भन्ने प्रश्नमा खड्काले क्रिकेट व्यवस्थापनमा आउन चाहेको प्रतिक्रिया दिए ।

पारस खड्काले नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा पु¥याएको योगदान सबैले मुक्त कण्ठले प्रशंसा गरिरहँदा अब क्रिकेट अगाडि बढ्न सक्छ सक्दैन भन्ने प्रश्न धेरैमा उब्जिएको छ । जुन जिज्ञासा बुधबारको भेटघाट कार्यक्रममा खड्का आफैले उत्तर दिए । नयाँ पुस्ता अहिले राष्ट्रिय टोलीमा आएको र उनीहरुको सम्भावना धेरै भएको भन्दै खड्काले व्यक्ति भन्दा पनि टिमको प्रदर्शनले अर्थ राख्ने बताए ।

सन्यासको घोषणा गरेका पूर्व कप्तान पारसले केही समयमै क्रिकेट एकेडेमीको सुरुवात गरेर देशभर लैजाने योजनामा आपूm रहेको बताए । खड्काले सोचे जस्तो व्यवस्थापकिय यात्रा गर्न चुनौति छ । किनकि क्यानको विधानले क्रिकेट करियर छोडेको दुई वर्ष पूरा भएपछि मात्र कुनै पनि खेलाडीले नेपाली क्रिकेटको निर्वाचन भाग लिन पाउने प्राबधान छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)