बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्ड अलआउट


  • माउन्टेन खबर
  • बिहिबार, साउन २१, २०७८
  • 691
    SHARES

काठमाण्डाै ,२१ साउन

भारतसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्ड अलआउट भएको छ । नटिंघममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्ड १ सय ८३ रनमा अलआउट भएको हो ।

इङ्ग्ल्यान्डका लागि कप्तान जोए रुटले ६४ रनको अर्धशतकीय पारी खेले भने जोनी बेयर्स्टोले २९, साम करण  र ज्याक क्रलीले २७, डम सिब्लीले १८ रन बनाए । इङ्ग्ल्यान्डलाई सस्तैमा समेट्न जस्प्रित बुम्राहले ४ विकेट लिए । यस्तै, मोहमद शामीले ३, शार्दुल ठाकुरले २ र मोहमद सिराजले १ विकेट लिए ।

पहिलो दिनको खेल सकिँदा भारतले बिना विकेटको क्षतिमा २१ रन बनाएको छ । पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्यान्ड भ्रमणमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)