शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अष्ट्रेलियामाथि बंगलादेशको लगातार दोस्रो जित


  • माउन्टेन खबर
  • बिहिबार, साउन २१, २०७८
  • 239
    SHARES

२१ साउन, काठमाडौं । अष्ट्रेलिया बंगलादेशसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पनि पराजित भएको छ । बुधबार राति भएको खेलमा अष्ट्रेलिया बंगलादेशसँग ५ विकेटले हारेको हो ।

ढाकामा अष्ट्रेलियाले दिएको १२१ रनको लक्ष्य बंगलादेशले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशका लागि अल्फिफ होसेनले सर्वाधिक ३७ रन जोडे । साविक अल हुसेनले २६ रन बनाउँदा मेहेदी हसनले २३ रनको योगदान गरे ।

बलिङतर्फ अष्ट्रेलियाका लागि मिचेल स्ट्रार्क, जोस हेजलउड, स्टोन अगर, आदम जाम्पा र आन्द्रे टेले समान एक/एक विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२१ रन बनाएको थियो । अष्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४५ रन जोडे । मोइस हेनरीक्युले ३० रन बनाउँदा मिचेल स्ट्रार्कले १३ रनमा आउट भए ।

बलिङतर्फ बंगलादेशका लागि मुस्तफिजुर रहमानले सर्वाधिक ३ विकेट लिए । सोरिफुल स्लामले २ विकेट झारे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }