सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पाँच महिनाभित्र थप १ लाख ९३ हजार नयाँ संक्रमित थपिने सरकारको प्रक्षेपण


  • माउन्टेन खबर
  • बिहिबार, साउन २१, २०७८
  • 501
    SHARES

२१ साउन, काठमाडौं । सरकारले नेपालमा अबको ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीका अनुसार अबको पाँचमहिनामा थप १ लाख ९३ हजारभन्दा बढी संक्रमित थपिने प्रक्षेपण गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना पछाडि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने पनि बताएको छ ।

साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको मन्त्रालयले यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने प्रक्षेपण गरेको हो ।

त्यस्तै मन्त्रालयले कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशतमा कोरोना परीक्षण भएको पनि जनाएको छ । साउन २० सम्म नेपालमा कुल जनसंख्याको २ दशमलव ६ प्रतिशतमा कोभिड संक्रमण भएको छ । जसअनुसार ७ लाख ६९ हजार नौ सय २२ जना छन् ।

डा.लोहनीले कोभिड १९ संक्रमित हुनेमध्ये ९ हजार नौ सय ५७ जनाको मृत्यु भएको जानकारी दिनुभयो । त्यस्तै साउन २० गतेसम्म नेपालमा कोरोना खोपको पहिलो मात्रा लगाउनेको संख्या ४२ लाख ९७ हजार ६ सय १२ जना रहेको र पूर्ण खोप प्राप्त गर्ने संख्या २० लाख ७४ हजार रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }