सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिन्छौँ : ऊर्जामन्त्री


  • माउन्टेन खबर
  • बिहिबार, साउन २१, २०७८
  • 624
    SHARES

२१ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने बताउनुभएको छ ।

बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरु सँगको छलफलमा मन्त्री भुसालले आफुले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपभोग गर्न दिने गरी आफुले तयारी अगाडी बढाएको बताउनुभयो । विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफुले तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘गरिबीको रेखामुनि भएका आधारभुत जनता, उनीहरुलाई कही राहत दिनुपर्छ भनेर निशुल्क विद्युत दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । करिब करिब हामी त्यसको निर्षर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्धेश्यद्धारा त्यसको तयारी गरेको छु मैले ।’

ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भुमिमा सिँचाई पु¥याउनको निम्ति पनि आफु क्रियाशिल रहने बताउनुभयो । सिँचाईको निशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उहाँले बताउनुभयो । सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘सबै कृषि योग्य जमिनमा सिँचाई पु¥याउने । सिँचाईलाई पनि हामीले आधारभुत र निशुल्क ढंगले सेवा दिन सक्यो भने विदेशी तेलको खपत गरेर पम्प, मोटर चलाएर सिँचाई गर्ने व्यवस्थालाई हामीले अन्त्य गर्न सक्यो भने त्यसले राष्ट्रिय अर्थतन्त्रमा उत्पादकत्व बढाउने कुरा र पेट्रोलियम पद्धार्थमा विस्थापित गर्ने कुरा सँगसँगै कृषिप्रति युवा जनशक्तिको आकर्षण हुन्छ भन्ने मान्यता हो ।’

उहाँले सातै प्रदेशका नदीबाट विद्युत उत्पादनका अध्ययन गरिरहेको पनि बताउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }