सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मलाई चार दिनसम्म मुख्यमन्त्रीको निवासमा बन्दी बनाएर राखियो : बिमला वली


  • माउन्टेन खबर
  • बिहिबार, साउन २१, २०७८
  • 749
    SHARES

२१ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाएर जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको बताउनुभएको छ। बिहिबार बुटवलमा एक पत्रकार सम्मेलन गर्दै उहाँले आफूलाई चार दिनसम्म मुख्यमन्त्री कार्यालयबाट बाहिर निष्कन नदिइ जबर्जस्ति विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको खुलासा गर्नुभएको हो।

उहाँले भन्नुभयो, ‘मैले इन्कारी जारी राखेँ, साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो,’ उहाँले भन्नुभयो, ‘यतिमात्र नभई अर्को दुई तीनवटा माइन्युट जस्ता रजिस्टरमा पनि जबर्जस्ती हस्ताक्षर गराइयो ।’

त्यस्तै उहाँले आफुलाई चार दिनसम्म बाहिर निस्किन नदिएपछि चप्पल लगाएर बाहिर भागेको र माओवादी संसदीय दलको सम्पर्कमा आएको पनि बताउनुभयो । उहाँले आफु माओवादी केन्द्रमै रहेको पनि स्पष्ट पार्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }