बिहिबार, बैशाख २७, २०८१

केन्द्रीय कमिटी बैठक स्थगित गरी नेपाल पक्षको स्थायी कमिटी बैठक जारी


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २२, २०७८
  • 559
    SHARES

२२ साउन, काठमाडौं । हिजो र आज बसेको एमाले माधव नेपाल पक्षको केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि केही समयका लागि बैठक स्थगित गरिएको छ । केन्द्रीय समिति बैठक स्थगित भएलगत्तै माधव समूहको स्थायी समिति बैठक सुरु भएको हो । स्थायी समिति बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको कस्तो जवाफ दिने भन्ने छलफल हुनेछ । छलफलपछि नेता माधव कुमार नेपालले एकमुष्ट जवाफ दिने तयारी गरेको बुझिएको छ ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरूले सम्मानजनक एकता हुनुपर्ने धारणा राखेका थिए । नेताहरूको प्रश्न र जिज्ञासाको जवाफ दिन स्थायी समिति बैठक बसेको र छलफलपछि नेता नेपालले जवाफ दिने तयारी भएको एक नेताले जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }