मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमबीबीएस प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २२, २०७८
  • 700
    SHARES

काठमाडौं, २२ साउन

विश्व निकेतन माध्यामिक विद्यालय त्रिपुरेश्वरले एमबीबीएसएकीकृत प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विश्व निकेतन माविमा कक्षा ११ र १२ मा विज्ञान विषय लिएर उत्तीर्ण भएका विद्यार्थी आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएसपरीक्षामा सर्वोकृष्ट अङ्क हाँसिल गरेको भन्दै आज सम्मान गरेको हो ।

विस २०७७ सालमा विश्व निकेतन माविमा विज्ञानको वायोगुप्र लिएर उत्तीर्ण झाले पुतलीसडकस्थित ‘भाइब्रेन्ट एमबीबीएसइन्ट्रान्स प्रिपिरेशन सेन्टर’बाट भाइब्रेन्टको अनलाइन कक्षामार्फत र मोवाइल एपमार्फत अध्ययन गरेर सर्वोकृष्ट अङ्क ल्याउनुभएको हो । भाइब्रेन्ट विस २०६८ मा स्थापना भएको शैक्षिक संस्था हो ।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल सरकारी विद्यालयमा पढेर एमबीबीएसपरीक्षामा सर्वोकृष्ट अङ्क ल्याउनु विद्यालयका लागि खुशीको कुरा भएको बताउनुभयो । काठमाडौँ महानगरपालिका–११ मा सञ्चालित विश्व निकेतन माविमा हाल तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

भाइब्रेन्ट सेन्टरका अध्यक्ष केपी शर्माले शिक्षक र विद्यार्थीको मेहनत र लगनशीलताका कारण झा सर्वोकृष्ट विद्यार्थी बन्न पुगेको बताउनुभयो । सर्वोकृष्ट विद्यार्थी झाले २०० पूर्णाङ्कको परीक्षामा १८६ अङ्क प्राप्त गर्नुभएको थियो । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित उक्त परीक्षामा देशभरका ११ हजार विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }