बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आगामी महिना नेपाल भारत मैत्रीपूर्ण फुटबल खेल


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २२, २०७८
  • 748
    SHARES

काठमाडौँ, २२ साउन 
नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । भारतीय फुटबल सङ्घले मैत्रीपूर्ण खेलका लागि एन्फासित प्रस्ताव राखेको हो । उक्त प्रस्ताव एन्फाले स्वीकार गरेको छ ।

नेपालले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता ९साफ० आयोजना गर्नका लागि समेत प्रस्ताव अघि बढाएको छ । उक्त प्रतियोगिता अघि नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । बङ्गलादेशले कोरोना महामारीका कारण साफ च्याम्पियनसिप आयोजन गर्न नसक्ने जनाएपछि नेपालले सो प्रतियोगिता आयोजना गर्न इच्छा देखाएको हो । नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनसिप गर्न एन्फाले साफलाई पत्र पठाएको छ । नेपालले यसअघि सन् १९९७ र सन् २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)