शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टोकियो ओलम्पिक आज सकिँदै


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 579
    SHARES

२४ साउन, काठमाडौं । टोकियो ओलम्पिक २०२० आइतबार सकिँदै छ। अन्तिम दिन १३ स्पर्धामा स्वर्ण विजेताको टुंगो लाग्दै छ।

पदक तालिकामा अमेरिकाले चीनसँग स्वर्णको बराबरी गर्दै समग्रमा अग्रता कायमै राखेको छ। अमेरिकाले ३८ स्वर्ण, ३९ रजत र ३३ कास्यसहित एक सय १० पदक जितेर शीर्षस्थानमा छ।

दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३१ रजत र १८ कास्यसहित ८७ पदक जितेर दोस्रो स्थानमा छ। घरेलु टोली जापान २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जितेर तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको बेलायतले २१ स्वर्ण, २१ रजत र २२ कास्यसहित ५८ पदक जितेको छ।

रुसले २० स्वर्ण, २७ रजत र २३ कास्यसहित ७० पदक जितेको छ। अस्ट्रेलिया, नेदरल्यान्ड्स, जर्मनी र इटालीले पनि कम्तीमा १० स्वर्ण पदक जितेका छन्। ६३ देशले कम्तीमा एउटा स्वर्ण पदक जितेका छन् भने ८६ देशले कम्तीमा एउटा पदक जितेका छन्।

प्रतियोगितामा ३ सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। शरर्णाथी टोली र २ सय ५ देशको सहभागिता रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }