शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तिम दिन पनि टोकियो ओलम्पिकमा अमेरिकाको दबदवा कायमै


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 463
    SHARES

२४ साउन, टोकियो । टोकियो ओलम्पिक २०२० आइतबार सकिँदै छ। अन्तिम दिन पदक तालिकामा अमेरिकाले चीनलाई स्वर्ण पदकमा पनि पछाडि पारेको छ।

अमेरिकाले ३९ स्वर्ण, ४० रजत र ३३ कास्यसहित एक सय १२ पदक जितेर शीर्षस्थानमा छ।

दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेर दोस्रो स्थानमा छ। घरेलु टोली जापान २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जितेर तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको बेलायतले २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित ६५ पदक जितेको छ।

रुसले २० स्वर्ण, २७ रजत र २३ कास्यसहित ७० पदक जितेको छ। अस्ट्रेलिया, नेदरल्यान्ड्स, जर्मनी र इटालीले पनि कम्तीमा १० स्वर्ण पदक जितेका छन्। ६३ देशले कम्तीमा एउटा स्वर्ण पदक जितेका छन् भने ९३ देशले कम्तीमा एउटा पदक जितेका छन्।

प्रतियोगितामा ३ सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। शरर्णाथी टोली र २ सय ५ देशको सहभागिता रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }