बिहिबार, बैशाख २७, २०८१

मन्त्रीको कोठामा सीसीटीभी क्यामेरा राख्न देवकोटाको माग


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 232
    SHARES

२४ साउन, काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले मन्त्रालयका मन्त्री र सचिवले गुप्त कोठामा बसेर गर्ने काम कारबाहीको सिसी क्यामेरामा देखिने गरी राख्न माग गर्नुभएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले मन्त्री र सचिवले गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धी नदेखिएको भन्दै उहाँहरुको काम कारबाही देखिनेगरी सिसी क्यामेरा राख्नु आवश्यक रहेको बताउनुभएको हो । गुप्त कोठामा बसेर काम गरेको जनताले देख्न पाउनुपर्ने उहाँले बताउनुभयो । यसो गरेमा अनावश्यक भेटघाट बन्द हुने, कार्यालय छोडेर एनजिओ, आइएनजिओको कार्यक्रममा जाने बानिमा सुधार ल्याउने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यत्रो शासन व्यवस्था परिवर्तन भयो, तर जनताले अपेक्षा गरे अनुसारको सेवा पाएनन् भन्ने ठुलो गुनासो छ । सेवा प्रवाहमा सुधारका लागि राज्यका हरेक अंगहरु निरन्तर क्रियाशिल हुनुपर्छ । रचनात्मक हुनपनि जरुरी छ । पारदर्शी र जवाफदेहीता पनि त्यत्तिकै आवश्यक छ । यसै सन्दर्भमा एउटा काम यो सरकारले गरोस्, हाम्रै अध्यक्ष र संसद सचिवालयले पनि लागु गरे हुन्छ ।

हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा बसेर गरेको काम कारबाहीको बारेमा कोठा बाहिर पनि देखिनेगरी सिसी क्यामेरा राखियोस् । गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धी दिएन । शासकहरु पारदर्शी भएनन् । गुप्त कोठाको अनुहार जनताले देख्न पाउनुपर्छ । पारदर्शी मात्रै भएको भए राष्ट्रपति कार्यालयले रातारात कागजहरु मिलाएर राति दुई बजे संसद विघटन गर्ने हिम्मत गर्ने थिएन । यसले अनावश्यक भेटघाट रोक्छ । समयमै कार्यालय पुग्ने बानिको विकास हुन्छ । कार्यालय छोडेर एनजिओ, आइएनजिओका कार्यक्रम र अनावश्यक रुपमा रिबन काट्न जाने बानिमा सुधार ल्याउँछ ।’

उहाँले सरकार साझा नीति तथा कार्यक्रमहरुबाट पनि विचलित हुनु नहुने बताउनुभयो । सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र बन्नुपर्ने र संयन्त्रको सुझावलाई अक्षरंश कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }