शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पोल्याण्डमा आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१’मा नेपालको प्रतिनिधित्व डा.सन्तोष उपाध्यायले गर्ने


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 344
    SHARES

काठमाडौं,२४ साउन

नेपाल पर्यटन बोर्डले पोल्याण्डमा आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१’मा नेपालको प्रतिनिधित्व गर्ने मिस्टर नेपाल–२०१९ का विजेता डा.सन्तोष उपाध्यायलाई विदाई गरेको छ । बोर्डको विदाईसँगै डा.उपाध्याय प्रतियोगिताको लागि शनिवार पोल्याण्ड प्रस्थान गनु भएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले उपाध्यायलाई नेपाली खादा सहित नेपालका प्रचारात्मक सामग्री हस्तान्तरण गर्दै विदाई गर्नु भएको थियो । अगस्ट १२ बाट बन्द प्रशिक्षण सहित आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१ को फाइनल अगस्ट २२ मा हुने छ ।

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.रेग्मीले उपाध्यायले प्रतिनिधत्व गर्ने यस प्रतियोगिताले विश्वमञ्चमा नेपालको परिहचानलाई थप उजागर गर्ने बताउनु भयो । ‘ विश्वमा विभिन्न देशबाट प्रतिनिधत्व हुने कार्यक्रम भएकोले नेपाल र नेपालको पर्यटनलाई उजागर गर्न यो राम्रो प्लेटफर्म बन्न सक्छ । नेपाल साहसिक पर्यटनका लागि उर्पयुक्त गन्त्वय रहेको सन्देश दिंदै आयोजक र सहभागिलाई नेपाल प्रति आर्कषित गर्न सकिन्छ । यसले नेपालको पर्यटनमा प्रत्यक्ष परोक्ष रुपमा प्रभाव पार्ने नै छ ।’ उहाँले भन्नुभयो । सिइओ डा. रेग्मीले कोभिडले विश्वव्यापी रुपमा पर्यटन प्रभावित भएको समयमा आयोजना हुन गइरहेको यो कार्यक्रमबाट नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउन र युवाहरुलाई नेपाल आउन आग्रह गर्न सकिने बताउनु भयो ।

विदाई कार्यक्रममा डा.सन्तोष उपाध्यायले आफुले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड जान लागेकोले प्रतियोगितामा सहभागितासँगै सकेसम्म नेपाल चिनाउने प्रयत्न गर्ने बताउनु भयो । उहाँले आफुले कार्यक्रममा प्रस्तुत गर्ने भिडियो सामग्रीमा समेत नेपालको पर्यटनलाई प्राथमिकता दिएर तयार पारेको जानकारी दिनुभयो ।

‘नेपाल बहुसांस्कृतिक,बहुभाषिक र बहुधार्मिक मुलुक हो । त्यसैले मैले नेपालको विविधतायुक्त पहिचानलाई कार्यक्रममा प्रस्तुत गर्ने जमर्को गर्ने छु । जसबाट कार्यक्रममा सहभागीहरुले एक पटक नेपाल भ्रमण गर्ने अपेक्षा गरुन । ’ उहाँले भन्नु भयो । मिस्टर नेपालको उपाधिलाई विश्वसामु फैलाउने र‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१ हात पार्ने गरी आफुले तयारी गरिरहेको जानकारी दिँदै डा.उपाध्यायले यो कार्यक्रमको सहभागिताले मात्रै पनि नेपाललाई विश्वमाझ थप परिचित गराउन सहयोग पुग्ने बताउनु भयो । लामो समयदेखि समाजसेवामा समेत सक्रिय रहेका डा.उपाध्याय पेशाले चिकित्सक हुनुहुन्छ । अछामका स्थायी वासिन्दा डा.उपाध्याय हाल फेस फरवार्ड एन्टि एजिइङ क्लिनिक, भाटभटेनि पुल्चोक तथा मेट्रो अस्पताल, महाराजगञ्जमा कार्यरत रहनु भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }