शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

क्वारेन्टाइन हटाउन पर्यटन सम्बद्ध १२ संस्थाको माग


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०७८
  • 329
    SHARES

काठमाडौँ ,२८ साउन

कोरोनाविरुद्ध खोपको मात्रा पूरा गरी शरदयाममा नेपाल आउन योजनामा रहेका विदेशी पर्यटकलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने हालको नियम हटाउन १२ वटा पर्यटन सम्बद्ध संघसंस्थाले माग गरेका छन् ।

कोरोनाका कारण शिथिल बनेको नेपालको पर्यटन उद्योगलाई उकास्नमा सहयोग गर्न सरकारसँग माग गर्दै उनीहरूले यो व्यवस्थाले पर्यटकहरू अन्यत्रै मोडिने खतरा बढेको जनाएका हुन् । ‘हामी पनि पर्यटकमार्फत कोभिड फैलियोस् भन्ने चाहँदैनौं,’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले बुधबार कान्तिपुरसँग भने, ‘तर भ्याक्सिनको डोज पूरा गरिसकेका पर्यटकलाई एक साता लामो क्वारेन्टाइनमा राख्ने निर्णय वैज्ञानिक देखिँदैन ।’ नेपाल घुम्न आउने पर्यटकको सरदर बसाइ एक साता हाराहारी हुने भएकाले व्यवसायीहरूले यो नियम हटाउनुपर्ने माग यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि राखेका थिए ।

व्यवसायीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य पर्यटक प्रवेश गर्ने सीमा बिन्दुमा पनि पीसीआर जाँच गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् । देशभर अग्रपंक्तिमा खटिएका पर्यटन सेवाप्रदायक व्यवसायी, कामदार र कर्मचारीलाई आगामी ३० दिनभित्र खोप उपलब्ध गराइदिन पनि उनीहरूले माग गरेका छन् ।

विज्ञप्ति जारी गर्नेमा ट्राभल्स एजेन्टस्, होटल संघ, पदयात्रा व्यवसायी, पर्वतारोहण संघ, राफ्टिङ एजेन्सी, टुर अपरेटर्स, टुरिस्ट बस एसोसिएसन, हिमालय उद्धार संघ, पर्यटक यातायात व्यवसायी, एक्सपिडिसन अपरेटर्स एसोसिएसनलगायत संघसंस्था छन् ।यो समाचार कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }