मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०७८
  • 437
    SHARES

२८ साउन, सुर्खेत । लुम्बिनी प्रदेशमा आज नयाँ मुख्यमन्त्रीसहित नयाँ सरकार गठन हुने भएको छ । बुधबार निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई बिहीबार दिउँसो तीन बजेसम्म सयमसिमा दिंदै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न भन्नुभएको हो। सोहीअनुरुप प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेस गर्न लाग्नुभएको हो ।

लुम्बिनी प्रदेशका एक नेताका अनुसार केसीको नेतृत्वमा आजै सानो परिषद गठन गर्ने तयारी भइरहेको छ । मुख्यमन्त्रीले विश्वासको मत लिइसकेपछि मन्त्रिमण्डल विस्तार गर्ने योजना रहेको छ।

शंकर पोखरेलले बुधबार राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । प्रदेशसभामा विपक्षी गठबन्धनका तर्फबाट अविश्वास प्रस्तावमाथि छलफल भइरहेको बेला पोखरेलले राजीनामा दिनुभएको थियो । लगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)