आइतवार, बैशाख २३, २०८१

लुम्बिनी प्रदेश : केसीले गरे ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०७८
  • 242
    SHARES

२८ साउन, सुर्खेत । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको छ ।

बिहिबार प्रदेशसभाका ४२ सांसदको हस्ताक्षरसहित केसीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको हो।

उनको पक्षमा नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गर्नुभएको छ ।

बुधबार निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख शेरचनले बिहीबार दिउँसो ३ बजेसम्म नयाँ सरकार गठन गर्नका लागि आव्ह्वान गर्नुभएको थियो । सोही अनुसार काँग्रेस, माओवादी केन्द्र, जसपासहितका गठबन्धनले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }