बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कुलप्रसाद केसीले लिए पद तथा गोपनीयताको सपथ


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०७८
  • 753
    SHARES

बुटवल,२८ साउन

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। बिहिबार केसीले प्रदेश प्रमुख अमिक शेरचनसामु सपथ लिएका हुन्।

केसी प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।

शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)