शनिबार, बैशाख २२, २०८१

आफ्नो प्रशंसा गर्दै बनाइएको भिडियो रोक्न प्रधानमन्त्रीको निर्देशन


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २९, २०७८
  • 312
    SHARES

२९ साउन, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्रशंसा गर्दै बनाइएका भिडियो रोक्न निर्देशन दिएको बताउनुभएको छ ।

आफ्नो नाममा सचिवालयबाट आएको भिडियोबारे प्रतिक्रिया जनाउँदै बूढानिलकण्ठमा जारी बैठकमा यस्तो बताउनुभएको हो ।

‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने‘’ नामको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री देउवाको आलोचना भएको थियो ।

त्यसको पक्षविपक्षमा केन्द्रीय स्तरका नेताहरुको चर्काचर्की भएपछि देउवाले अब त्यसो नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘त्यो भिडियो बन्द गर्न मैले निर्देशन दिइसँके, अब आउँदैन, तपाईहरु ढुक्क हुनुस् ।’

महाधिवेशन केन्द्रीत भएर बोलाइएको बैठकमा भिडियोबारे पनि प्रशंग उठेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }