२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेकाे छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले चालू आर्थिक वर्षमा मार्जिन कर्जा यथावत रहने बताउनुभएको छ ।
उहाँका अनुसार सेयर धितोमा राखेर एक व्यक्तिले १२ करोड रुपैयाँ मात्र लिन सक्नेछन् । त्यस्तै, एक बैंकबाट ४ करोड मात्रै पाइनेछ ।