शनिबार, बैशाख २२, २०८१

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्दै


  • माउन्टेन खबर
  • शनिबार, साउन ३०, २०७८
  • 376
    SHARES

काठमाडौं, ३० साउन

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज शनिवारदेखि शुरू हुँदैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे शुरू हुने बैठकमा पार्टी विधान संशोधन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

सर्वाेच्च अदालतले नेकपा एकता बदर गर्दै माओवादी केन्द्र ब्युँताएपछि पार्टीमा पुनर्संरचना गर्न लागिएको छ । यसका लागि केन्द्रीय कमिटीबाट विधान संशोधन गर्ने माओवादीको तयारी छ ।

केन्द्रीय कमिटी बैठकको तयारीका लागि शुक्रवार स्थायी कमिटी बैठक बसेको थियो ।

शनिवारदेखि शुरू हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }