२ भदौ, काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिनुभएको छ । पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन लागिएको बताइएको छ ।
मुख्यमन्त्री पौडेललाई एमाले अध्यक्ष केपी ओलीले शाक्यलाई मुख्यमन्त्री प्रस्ताब गर्न निर्देशन दिनु भएको थियो । ओलीको निर्देशन पछि आज बसेको दलको बैठकमा पौडेलले शाक्यको नाम प्रस्ताब गर्नुभएको थियो ।
