३ भदौ, काठमाडौं । बागमती प्रदेशकी नव नियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले केन्द्रीय नेतृत्वलाई एकताको सन्देश दिने उद्देश्यका साथ मुख्यमन्त्री बनेको बताउनुभएको छ ।
बुधबार राति बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंको कार्यालयमा मुख्यमन्त्री नियुक्त भई सपथ ग्रहणपछि पत्रकारसँगको कुराकानीमा उहाँले प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्ताव र एमालेका सबै सांसदहरुको समर्थनमा आफू मुख्यमन्त्री भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘पार्टी एकतालाई जोगाउनका लागि विगतदेखि नै बागमती प्रदेशबाट सन्देश दिने पहल भएको तर केन्द्रीय समीकरण बदलिएका कारण सम्भव हुन सकेको थिएन’।
उहाँले मुख्यमन्त्रीको शपथ लिए लगत्तै २ जना मन्त्रीहरु पनि नियुक्त गर्नुभएको छ भने आगामी एक महिना भित्रमा मन्त्रिपरिषद्ले पूर्णता दिने बताएकी छिन् ।
