शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २का पूर्वराज्यमन्त्रीले अझै गरेनन् सरकारी गाडी फिर्ता


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ४, २०७८
  • 506
    SHARES

४ भदौ, काठमाडौं । प्रदेश नम्बर २ का एक जना मन्त्रीले राजीनामा दिएको एक महिना बितिसक्दा पनि सरकारी सेवा सुविधा लिदै आएका छन्। निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री सरोज सिंह कुशवाहले गत साउन २ गते राज्यमन्त्री पदबाट राजीनामा दिए सरकारी सवारीलगायत सेवा सुविधा अझै छाडेका छैनन्।

उनले एउटा गाडी, मोटरसाइकललगायत सरकारी सवारी साधन अझै फिर्ता नगरेका मन्त्रालयले जनाएको छ ।

प्र-२-०२-००१ झ ००६२ नम्बरको गाडी, प्र-२-०२-००१ ब ३५२ नम्बरको मोटरसाइकल, १ थान एसि, ५ थान सिसिटिभी, १ सेट सोफा, कम्प्युटर, प्रिन्टर, ल्यापटप, टि-टेबल ३ थानलगायत सामग्री उनले फिर्ता गरेका छैनन्।

गाडी धुने मेसिन, भ्याकुम क्लिनर, मोबाइल, १३ थान कुर्सी, कम्प्युटर टेबलसमेत उनले मन्त्रालयलाई फिर्ता गरेका छैनन्। मन्त्रालयले उपलब्ध गराएका उक्त सामाग्री फिर्ता गर्न पटकपटक अनुरोध गर्दा पनि उनले ती सामान नबुझाएका हुन्।

तर पूर्वराज्यमन्त्री कुशवाह भने सामग्री फिर्ता लिन मन्त्रालयले अहिलेसम्म सम्पर्क नै नगरेको दाबी गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)