शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश


  • माउन्टेन खबर
  • सोमवार, भदौ ७, २०७८
  • 837
    SHARES

७ भदौ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ। आज बसेको प्रदेशसभाको तेस्रो बैठकमा मुख्यमन्त्री केसीले आफूमाथिको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो । उहाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम केसीको नेतृत्वमा गठित सरकारले सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रदेशसभामा प्रस्ताव पेस गर्नुभएको हो ।

नेकपा एमालेले भने उक्त प्रदेश सभा बैठक बहिष्कार गरेको छ। प्रदेशसभा बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसी भने विपक्षी बेन्चमा बस्नुभएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)