७ भदौ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ। सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले पेश गर्नुभएको विश्वासको मतसम्बन्धिको प्रस्तावमा उहाँलाई सांसदहरुले विश्वासको मत दिएका हुन्। विश्वासको मतको पक्षमा ४२ मत झरेको थियो भने विश्वासको मतको बिपक्षमा 0 मत खसेको थियो र तठस्ठ १ जना रहेका छन्।
नेकपा एमालेले भने आजको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि बैठक बहिस्कार गरेको थियो।
