काठमाडौं ,१६ भदौ
जहाजमा यात्रा गर्दा अनिवार्य गरिएको फेसशिल्ड बुधबारबाट हटाउने भएको छ । वायुसेवा सञ्चालक संघले मंगलबार गरेको निर्णयअनुसार अब जहाजमा यात्रा गर्दा मास्क मात्र अनिवार्य गर्ने भएको हो ।
संघका प्रथम उपाध्यक्ष अनोज रिमालले सुरक्षित तवरले मास्क लगाएको खण्डमा पूर्ण सुरक्षित हुने पुष्टि भइसकेको र संसारमा अन्य कुनै पनि वायुसेवाहरुले फेसशिल्डलाई अनिवार्य नगरेकोले यहाँ पनि हटाउने निर्णय गरिएको बताए ।
मास्कसँगै फेसशिल्डको प्रयोगले असहजता सिर्जना गर्नुका साथै प्रयोगमा आइसकेका फेसशिल्डहरु एयरपोर्टहरुमा जथाभावी फाली दिनाले असुरिक्षत हुनुको साथै पर्यावरणीय समस्यासमेत देखिएको संघको ठहर छ ।
