मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १मा एकीकृत समाजवादीका सांसदहरुको आज सनाखत हुने


  • माउन्टेन खबर
  • बुधबार, भदौ १६, २०७८
  • 791
    SHARES

१६ भदौ, मोरङ । नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू आज प्रदेश निर्वाचन आयोगमा जाने भएका छन् । एमालेबाट छुट्टिएर बनेको एकीकृत एकीकृत समाजवादीमा खुलेका प्रदेश सांसदहरुले निर्वाचन आयोगमा गएर हस्ताक्षर बुझाउन लागेका हुन् ।

दल विभाजन अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्ने समयसीमा छ । त्यहीँअनुसार २२ भदौसम्म एमाले वा समाजवादीमध्ये एक दल छानिसक्नुपर्ने छ ।

प्रदेश १ मा हालसम्म १० जना सांसद समाजवादीतिर खुलेका छन् । प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङले आज सनाखत गर्ने तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)