आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटकका लागि खुल्यो इलामको श्रीअन्तु


  • माउन्टेन खबर
  • आइतवार, भदौ २०, २०७८
  • 492
    SHARES

२० भदौ, काठमाडौं । कोरोनाको माहामारी तिब्र भएपछि बन्द गरिएको इलामको पर्यटकीय स्थल श्रीअन्तु खुला भएको छ । श्रीअन्तु बिहीबारदेखि पर्यटकका लागि खुला गरिएपछि पर्यटक आउन थालेकाे स्थानीय रुद्र घिमिरेले जानकारी दिनुभयो ।

अहिले काेराेनाकाे जाेखिम कायमै रहेकाले अन्तुमा रहेका व्यवसायिक संघसंस्था, प्रहरी र स्थानीयले आचारसंहिता बनाएका छन् । होटल तथा होमस्टेलाई दैनिक निसंक्रमण गर्ने, अन्तुमा आउने पर्यटकलाई स्वास्थ्य मापदण्ड पालना गराउने, कुनै क्षेत्रमा कोरोनाको संक्रमण बढेमा सम्बन्धित क्षेत्र सिल गर्ने, होटल तथा होमस्टेमा थर्मल गन अनिवार्य गर्ने, मनोरञ्जनका लागि राति नौ बजेसम्म मात्रै बाजागाजा बजाउने उल्लेख छ ।

नेपालमा कोरोनाको संक्रमण सुरु भएपछि अन्तुमा पर्यटक आवागमन ठप्प छ । गत वैशाख अघि केही समय अन्तु पर्यटकका लागि खुला गरिएको थियो । तर निषेधाज्ञा जारी भएपछि बन्द गरिएकाे थियाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)