शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २ का थप दुई जना एमाले सांसदले रोजे नेकपा एस


  • माउन्टेन खबर
  • आइतवार, भदौ २०, २०७८
  • 410
    SHARES

२० भदौ, जनकपुरधाम । एमालेका थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । योसँगै प्रदेश २ मा समाजवादीको सांसद संख्या १३ पुगेको छ ।

जनकपुरस्थित प्रदेश २ को निर्वाचन कार्यालयमा पुगेर उनीहरूदे एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् । ११ जना सांसदले बिहीबार नै सनाखत गरेका थिए । प्रदेश २ मा एमालेका २१ सांसद थिए । १३ जना एकीकृत समाजवादीमा आबद्ध भएपछि अब एमालेसँग आठ सांसद मात्र छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)