आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल पर्वतारोहण संघद्वारा बागमती प्रदेश कार्यसमितिलाई स्वागत


  • माउन्टेन खबर
  • आइतवार, भदौ २०, २०७८
  • 465
    SHARES

काठमाडौं, २० भदौ

नेपाल पर्वतारोहण संघ (एनएमए) ले आफूअन्तर्गतको बागमती प्रदेश कार्यसमितिलाई आज स्वागत तथा प्रमाणपत्र वितरण गरेको छ । एनएमएको प्रदेश शाखा समन्वय समितिले आइतबार नागपोखरी नक्साल काठमाडौंस्थित एनएमए सचिवालयको सभा हलमा आयोजना गरेको एक कार्यक्रमका बिच नवगठिन समितिका पदाधिकारी र सदस्यहरुलाई स्वागत गरेको हो ।

गत २३ आसर २०७८ मा काठमाडौंमा भएको बागमती प्रदेशभित्र रही पर्वतीय पर्यटनमा सक्रिय रहेका पर्यटन व्यवसायी तथा आरोहीहरुको भेलाले दलबहादुर गुरुङको अध्यक्षतामा एनएमको बागमती प्रदेश समिति गठन गरेको थियो । दलबहादुर पछिल्लो २० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय रहदै आउनुभएका व्यक्तित्व हुनुहुन्छ ।

बागमती प्रदेश समितिमा मिलन कुमार तामाङउपाध्यक्ष, फुडोमा शेर्पा सचिव र ठाकुर धरेलकोषाध्यक्ष हुनुहुन्छ । यस्तै, दावा सिङ्गी हेल्मो, अमर गुरुङ, सुप्पा तामाङ, कुलदाश तामाङ, सुनिता गहतराज, लोप्साङ शेर्पा, ध्रुव श्रेष्ठ, आकाश गुरुङ, कामी शेर्पा, उर्जा तामाङ र ज्ञानबहादुर तामाङसमितिका सदस्य हुनुहुन्छ ।

प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुलाई संघका अध्यक्ष सन्तवीर लामाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यस्तै, संघका महासचिव कुलबहादुर गुरुङ, सचिव एवं प्रदेश शाखा समन्वय समितिका संयोजक टिकाराम गुरुङ, केन्द्रीय सदस्यहरुवाङ्चु शेर्पा, तुल सिंह गुरुङ, सञ्जिव गुरुङ, सिङ्गी लामा लगायतले खादा लगाएर नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको स्वागत गर्नुभयो । त्यस लगत्तै संघ अध्यक्ष लामाले समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

सो अवसरमासंघका शाखा समन्वय समितिका संयोजक तथा संघका सचिव टिकाराम गुरुङले बधाई दिदुभयो । ‘हामीले बागमती प्रदेशभित्र रहेका सबै जिल्लालाई समेटेर यो समितिको गठन गरेका छौं’, उहाँले भन्नुभयो, ‘यो समितिले नेपालको पर्वतीय पर्यटनको विकास र विस्तारका लागि महत्वपूर्ण काम गर्ने विश्वास छ।’

यस्तै, महासचिव कुलबहादुर गुरुङले नयाँ कार्यसमितिलाई पूर्णरुपमा नेपाली पर्वतीय पर्यटनको विकासका लागि काम गर्ने बताउनुभयो । ‘हामीले विधानअनुसार यो कार्यसमितिको गठन गरेका छौं । बागमती प्रदेश समितिले पूर्णरुपमा पर्वतीय पर्यटनको प्रवद्र्धन र विकासका लागि काम गर्नेछ’, उहाँले भन्नुभयो, ‘म समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिन चाहन्छु ।’

संघका अध्यक्ष सन्तवीर लामाले प्रदेश समितिलाई केन्द्रको सम्पूर्ण सहयोग रहने बताउनुभयो । ‘एनएमएको अन्य प्रदेश समितिले पनि राम्रो काम गरिरहेको छ । मलाई विश्वास छ कि यो समितिले पनि राम्रो काम गर्ने छ’, उहाँले भन्नुभयो, ‘समितिले बनाएको राम्रो योजनामा वा समितिले गर्न खोजेको काममा हाम्रोतर्फबाट सधै सहयोग हुनेछ । हामी सँगै अघि बढ्ने छौं ।’

सो अवसरमा संघले धौलागिरी आरोहणका लागि जान लाग्नुभएका सानु शेर्पालाई संघको झण्डा हस्तान्तरणसहित विदाई गरेको छ । सानु विश्वभरी रहेका आठ हजारभन्दा माथिका १४ वटा हिमालको सफल आरोहण गरिसक्नुभएका कीर्तिमानी आरोही हुनुहुन्छ । उहाँले धौलागिरीको चुचुरोमा संघको झण्डा फहराउनुहुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)