आइतवार, बैशाख २३, २०८१

चौधौं महाधिवेशन अव नेतृत्वमा को ?


  • माउन्टेन खबर
  • सोमवार, भदौ २८, २०७८
  • 951
    SHARES

नेपाली काग्रेसमा चौंधौ महाधिवेशनको शरगर्मीले मुलुकको राजनीतिलाई चलायमान बनाइरहेको छ । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापनासंगै अंकुरित नेपाली कांग्रेसले साढे सात दशकको यात्रा पुरा गरि सकेको छ । प्रस्तुत छ कांग्रेसको राजनीतिक आरोह अवरोह सम्वन्धी योे रिर्पोट ।

निरंकुश राणा शाहीको अन्त्य र प्रजातन्त्र स्थापनाको उद्देश्यका साथ २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस पार्टी स्थापनाको पहल भयो । राणाहरुको कोपभाजनमा परी प्रवासिन वाध्य बनाइएका र अध्ययनका लागि भारत पुगेका युवाहरुको वाहुल्यता रहेको यो संस्थाका जन्मदाता बीपी कोइराला हुनुहुन्छ ।

अखिल भारतीय नेपाली राष्ट्रिय कांंग्रेस

२००३ कात्तिक १५ गते वनारस

सभापति देवीप्रसाद सापकोटा

उपसभापति बालचन्द्र शर्मा

प्रधानमन्त्री (महामन्त्री)कृष्णप्रसाद उपाध्याय भट्टराई

प्रचारमन्त्री गोपालप्रसाद उपाध्याय भट्टराई

त्यसको तीन महिना पछि कलकत्तामा सम्पन्न सम्मेलनाट अखिल भारतीय नेपाली राष्ट्रि«य कांग्रेसलाई नेपाली राष्ट्रि«य कांग्रेसब बनाइयो ।

नेपाली राष्ट्रिय कांग्रेस

२००३ माघ १२ र १३ मा कलकत्ता, भवानीपुर

सभापति टंकप्रसाद आचार्य

कार्यकारी सभापति विश्वेश्वरप्रसाद कोइराला

मन्त्री बालचन्द्र शर्मा

प्रकाशन विभाग अध्यक्ष डा. डिल्लीरमण रेग्मी

संगठन मन्त्री कृष्णप्रसाद उपाध्याय भट्टराई

प्रचार र संगठननिमित्त सदस्य देवव्रत परियार

सदस्य डीएन प्रधान

सदस्य गोपालप्रसाद उपाध्याय भट्टराई

सदस्य लाक्पाछिरिङ शेर्पा

सदस्य रुद्रप्रसाद गिरी

राष्ट्रिय कांग्रेसको आह्वानमा मुलुकमै पहिलो पटक विराटनगरमा मजदुरहरुको संगठित आन्दोलन शुरु भयो । यसक्रममा बीपी, तारिणी, गिरिजा, मनमोहन अधिकारी, गेहेन्द्रहरी शर्मा विकु र युवराज अधिकारी पक्राउ पर्नुभयो । उहाँहरुलाई पहाडको बाटो हुदै २२ दिन हिडाएर काठमाडौंमा थुनियो ।

बीपी थुनामा परेपछि मातृकाप्रसाद कोइराला राष्ट्रिय कांग्रेसको कार्यवाहक अध्यक्ष हुनु भयो ।

२००३ चैत्र २७ र २८ जोगवनी सम्मेलन

कार्यवाहक अध्यक्ष मातृकाप्रसाद कोइराला

महामन्त्री कृष्णप्रसाद भट्टराई

भारत प्रवासमा रहदा त्यहाँको सरकारले मातृका माथि मुद्धा चलायो अनी डा. डिल्ली रमण रेग्मी कार्यवाहक सभापति हुनुभयो ।

२००४ साउन १, २ र ३ बनारस सम्मेलन

कार्यवहाक सभापति ः डा. डिल्ली रमण रेग्मी

महामन्त्री कृष्णप्रसाद भट्टराई

दोस्रो महाधिवेशन–२००४, वनारस

बैसाख २०, २१ र २२

सभापतिको अनुपस्थितीका लागि कार्यवाहक वनाइएका डा. रेग्मीले बीपी रिहा भएपछि पनि पद छोड्न मान्नु भएन । यही बिषयलाई लिएर पार्टी विभाजन भयो ।

तेस्रो महाधिवेशन–२००५, फागुन १८, १९, २० दरभंगा

यस विच काठमाडौंमा नागरिक अधिकार प्राप्तिका लागि युवाहरुले आन्दोलनको घोषणा गरे । त्यस आन्दोलनलाई उर्जा दिन कृष्णप्रसाद भट्टराई र केदारमान व्यथितका साथ काठमाडौं आएका बीपी, फेरी पक्राउ पर्नु भयो । यो घटनापछि मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्ष बनाइनु भयो ।

राष्ट्रिय कांग्रेसको विभाजनपछि सुवर्णशमशेर, महावीरशमशेरको पहलमा कलकत्तामा नेपाल प्रजातन्त्र कांग्रेस गठन, भयो ।

नेपाल प्रजातन्त्र कांग्रेस

२००५ साल पुष १५ देखि १७

सभापति महेन्द्रविक्रम शाह

महामन्त्री सूर्यप्रसाद उपाध्याय

सहायक महामन्त्री प्रेमबहादुर कंसाकार

कोषाध्यक्ष राजेश्वरीप्रसाद उपाध्याय

सदस्य चन्द्रवीर सिंह

सदस्य महानन्द सापकोटा

सदस्य भीमभक्तमान सिंह

सदस्य पूर्णसिंह खवास

सदस्य दिलबहादुर राई

सदस्य लक्ष्मीदत्त उपाध्याय

कार्यालय सचिव बाबुलाल मोक्तान

कार्यालय सचिव सुन्दरराज चालिसे

सदस्य सुवर्णशमशेर राणा

महानन्द सापकोटा

लक्ष्मीदत्त उपाध्याय

भीमभक्तमान सिंह बस्नेत

राष्ट्रिय र प्रजातन्त्र दुवै कांग्रेसको लक्ष्य, राणाशाहीको अन्त्य गरी राजाको नायकत्वमा प्रजातन्त्र स्थापना गर्ने नै थियो । फलस्वरुप २००६ सालमा यी दुई पार्टी विच एकीकरण भयो र नेपाली कांग्रेसको स्थापना भयो ।

चौथो महाधिवेशन–

२००६, चैत्र २७, २८, २९ कलकत्ता

सभापति मातृकाप्रसाद कोइराला

महामन्त्री महेन्द्रविक्रम शाह

कोषाध्यक्ष सुवर्णसमशेर जबरा

सहमहामन्त्री कृष्णप्रसाद भट्टराई

सदस्य विश्वेश्वरप्रसाद कोइराला

सदस्य गणेशमान सिंह

सदस्य सूर्यप्रसाद उपाध्याय

सदस्य महावीर समसेर

सदस्य रुद्रप्रसाद गिरी

सदस्य कु“वरकल्लु सिंह

सदस्य राजेश्वरीप्रसाद उपाध्याय

नेपाली कांग्रेस नेतृत्वको शसस्त्र क्रान्तिबाट २००७ ािलमा प्रजातन्त्र स्थापना भयो । २००९ मा जनकपुरमा सम्पन्न पाँचौं महाधिवेशनबाट बीपी सभापति चुनिनुभयो । दलीत समुदायका धनमानसिंह परियारलाई कांग्रेस महामन्त्रीको जिम्मेवारी दिइयो । नेपाली राजनीतिमा प्रमुख दलमा कुनै दलितलले अहिलेसम्म उच्च पद प्राप्त गरेको यो नै मात्र घटना एक हो ।

पाँचौं महाधिवेशन

२००९,जेठ १०,११ र १२ जनकपुर

 

सभापति विश्वेश्वरप्रसाद कोइराला

महामन्त्री धनमानसिंह परियार

महामन्त्री राजेश्वरीप्रसाद उपाध्याय

सदस्य मातृकाप्रसाद कोइराला

सदस्य सूर्यप्रसाद उपाध्याय

सदस्य सुवर्णसमसेर जवरा

सदस्य गणेशमान सिंह

सदस्य महेन्द्रविक्रम शाह

सदस्य गोपालप्रसाद उपाध्याय भट्टराई

सदस्य राधाकृष्ण थारू

सदस्य रामनारायण मिश्र

सदस्य मित्रलाल गिरी

सदस्य काशीनाथ गौतम

सदस्य परशुनारायण चौधरी

सदस्य महावीरसमसेर

कार्यालय मन्त्री डीके शाही

 

प्रजातन्त्र स्थापना भएसंगै राजा त्रिभुवनले दुई वर्ष भित्र संविधानसभा निर्वाचन गराउने वचन दिएका थिए । तर अनेकैं वहानामा चुनाव सार्ने काम भयो । प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र सभापति बीपी विचको मुख्य मतभेद यही थियो । जसका कारण अन्तः २००९ सालमा कांग्रेस दोस्रो पटक विभाजित हुन पुग्यो ।

पार्टी विभाजन

२००९ भदौ २१ गते

सभापति मातृकाप्रसाद कोइरालाँरा

महामन्त्री महेन्द्रविक्रम शाह

महामन्त्री बोधप्रसाद उपाध्याय

 

२०१२ मा बीरगञ्जमा सम्पन्न महाविधेशनवाट सुवर्णशमशेर सभापति हुनुभयो । त्यही महाधिवेशनबाट कांग्रेसले समाजवादी नीति अवलम्वन ग¥यो ।

 

छैटौंं महाधिवेशन

२०१२ मंसिर १२, १३, १४ बीरगञ्ज

 

सभापति सुवर्णसमशेर जबरा

महामन्त्री विश्वबन्धु थापा

महामन्त्री डा. तुलसी गिरी

सदस्य कृष्णप्रसाद भट्टराई

सदस्य श्रीभद्र शर्मा

सदस्य रुद्रप्रसाद गिरी

सदस्य रामनारायण मिश्र

सदस्य गिरिजाप्रसाद कोइराला

सदस्य गणेशकुमार शर्मा

सदस्य ललित चन्द

 

प्रजातन्त्र स्थापना भएको सात वर्ष पुग्दा समेत मुलुकमा चुनाव हुन सकेन । त्यही वातावरणका विच नेपाली कांग्रेसको विशेष महाधिवेशन विराटनगरमा सम्पन्न भयो र बीपी फेरी सभापति बन्नु भयो ।

विशेष महाधिवेशन

२०१४ जेठ १०, वीराटनगर

सभापति विश्वेश्वरप्रसाद कोइराला

महामन्त्री सूर्यप्रसाद उपाध्याय

महामन्त्री गणेशमान सिंह

कोषाध्यक्ष सुवर्णसमसेर जबरा

सदस्य कृष्णप्रसाद भट्टराई

सदस्य श्रीभद्र शर्मा

सदस्य रुद्रप्रसाद गिरी

सदस्य धनमानसिंह परियार

सदस्य गोपालप्रसाद उपाध्याय भट्टराई

सदस्य हृदयराज शर्मा

सदस्य गणेशकुमार शर्मा

 

बीपीको नेतृत्वमा राजालाई चुनाव गराउन बाध्य बनाएपछि कांग्रेसले दुई तिहाईको अपार जनमत प्राप्त ग¥यो । कांग्रेसको इतिहासमा सातौ महाधिवेशनको छुट्टै महत्व छ । पहिलोः आफ्नै नेतृत्वमा १०४ वर्षे राणा शासन अन्त्य गरी कांग्रेस दुई तिहाई बहुमतका साथ उसले सत्ताको नेतृत्व पाएको थियो । दोस्रो यो महाधिवेशन लगत्तै राजाले प्रजातन्त्र माथि कु गरी निरंकुश पञ्चायती व्यवस्था शुरु गरे ।

 

सातौं महाधिवेशन

२०१७ वैसाख २५ गतेदेखि ३१ काठमाण्डौं

सभापति विश्वेश्वरप्रसाद कोइराला

महामन्त्री श्रीभद्र शर्मा

सदस्य सुवर्णशमसेर जबरा

सदस्य गणेशमान सिंह

सदस्य सूर्यप्रसाद उपाध्याय

सदस्य मातृकाप्रसाद कोइराला

सदस्य विश्वबन्धु थापा

सदस्य त्रिपुरवरसिंह प्रधान

सदस्य भूदेव राई

सदस्य गणेशकुमार शर्मा

सदस्य गिरिजाप्रसाद कोइराला

सदस्य रुद्रप्रसाद गिरी

सदस्य राधाकृष्ण थारु

सदस्य गिरीप्रसाद बुढाथोकी

सदस्य तेजमान तुम्बाहम्फे

सदस्य कृष्णलाल श्रेष्ठ लेखक

सदस्य देवनाथदास यादव

सदस्य श्रीमती राधादेवी

सदस्य लोकेन्द्रबहादुर शाह

सदस्य टंकनाथ काफ्ले

सदस्य डिगबहादुर गुरुङ

सदस्य दलकृष्ण श्रेष्ठ

सदस्य चिन्ताहरण सिं

सदस्य कृष्णबहादुर भट्टराई

सदस्य हेमराज शर्मा

सदस्य बलबहादुर राई

सदस्य चन्द्रलाल श्रेष्ठ

सदस्य रामेश्वर श्रेष्ठ

सदस्य सरोजप्रसाद कोइराला

सदस्य डीके शाही

सदस्य दिलबहादुर बुढाथापा

कार्यालयमन्त्री वासुदेव रिसाल

 

२०१७ पुष १ को राजनीतिक ‘कू’ पछि बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई सहितका शिर्ष नेता गिरफ्तार हुनुभयो । अनी व्यक्तिगत कामको शिलसिलामा कलकत्तामा पुगेकाले पक्राउ हुनबाट जोगिएका नेता सुवर्णशमशेर राणालाई कार्यवाहक सभापति बनाइयो ।

 

राणाको नेतृत्वमा कांग्रेसले दोस्रो पटक शसस्त्र शुरु ग¥यो । तर सफलता पाउन सकेन । यस वीच आठ वर्ष लामो जेल जीवनबाट बीपी कोइराला रिहा हुनु भयो । फेरी उहाँको नेतृत्वमा कांग्रेसले तेस्रो पटक शसस्त्र क्रान्ति सञ्चालन ग¥यो । हतियारको वलमा लड्ने दुवै प्रयास विफल भए । अनी रकाष्ट्रि«य एकता तथा मेलमिलापको नीतिका साथ २०३३ साल पुष १६ गते ८ वर्ष लामो भारत प्रवासबाट बीपी स्वदेश फर्किनु भयो ।

पटना सम्मेलन २०३४ कात्तिक ५ र ६

कष्णप्रसाद भट्टराई कार्यवाहक सभापति

गणेशमान सिंह नेता

गिरिजाप्रसाद कोइराला महामन्त्री

परसुनारायण चौधरी महामन्त्री

बीपी माथि मृत्युदण्ड माग दावी गरिएका राजकाज सम्वन्धी आठ मुद्धा विचाराधिन थिए । दुई वटा शसस्त्र क्रान्तिमा असफलता वेहोरे पछि हतियारको बाटो छोडेर पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने बाटोमा बीपी अग्रसर हुनुहुन्थ्यो त्यसैले शसस्त्र क्रान्तिको विपक्षमा रहेका नेता कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाइयो ।

२०१७ को राजनीतिक कू पछि पार्टी प्रतिबन्धित भएकाले तीन दसकसम्म नेपाली का“ग्रेसको महाधिवेशन हुन सकेन । सातौं महाधिवेशनको ३१ वर्षपछि २०४८ साल फागुन पहिलो साता झापाको कलबलगुडी सम्पन्न आठौ महाधिवेशनाट कृष्णप्रसाद भट्टराईलाई सभापतिमा निर्विरोध निर्वाचित हुनुभयो ।

आठौं महाधिवेशन

२०४८ झापा

सर्वमान्य नेता गणेशमान सिंह

सभापति कृष्णप्रसाद भट्टराई

महामन्त्री महेन्द्रनारायण निधि

सहमहामन्त्री वासुदेव रिसाल

कोषाध्यक्ष खनुप रुदे (रामबाबु) प्रसाईं

प्रवक्ता तारानाथ रानाभाट

सदस्य गिरिजाप्रसाद कोइराला

सदस्य मंगलादेवी सिंह

सदस्य नोना कोइराला

सदस्य शेख इद्रिस

सदस्य सुशील कोइराला

सदस्य भू–विक्रम नेम्वाङ

सदस्य शैलजा आचार्य

सदस्य ढुण्डिराज शास्त्री

सदस्य भीमबहादुर तामाङ

सदस्य शेरबहादुर देउवा

सदस्य रामचन्द्र पौडेल

सदस्य चिरञ्जीवी वाग्ले

सदस्य खुमबहादुर खड्का

सदस्य सूर्यभक्त अधिकारी

सदस्य महन्थ ठाकुर

सदस्य मणि लामा

 

२०५३ साल वैसाख २६, २७ र २८ गते काठमाडौंमा सम्पन्न नवौं अधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति हुनुभयो ।

 

नवौं महाधिवेशन

२०५३, काठमाडौं

 

सभापति गिरिजाप्रसाद कोइराला

उपसभापति शैलजा आचार्य

महामन्त्री सुशील कोइराला (मध्यपश्चिमाञ्चलबाट सदस्य पदमा निर्वाचित)

महामन्त्री तारानाथ रानाभाट

सदस्य कृष्णप्रसाद भट्टराई

सदस्य महेन्द्रनारायण निधि

सदस्य शेख इद्रिस

सदस्य मंगलादेवी सिंह

सदस्य नोना कोइराला

सदस्य शेरबहादुर देउवा (सुदुरपश्चिमाञ्चलबाट निर्वाचित)

सदस्य रामचन्द्र पौडेल (पश्चिमाञ्चलबाट निर्वाचित)

सदस्य ढुण्डिराज शास्त्री

सदस्य भीमबहादुर तामाङ (मध्यमाञ्चलबाट निर्वाचित)

सदस्य खुमबहादुर खड्का

सदस्य चिरञ्जीवी वाग्ले

सदस्य भीमप्रसाद श्रेष्ठ

सदस्य महन्थ ठाकुर

सदस्य कुलबहादुर गुरुङ

सदस्य विजयकुमार गच्छदार ( पूर्वाञ्चलबाट निर्वाचित)

सदस्य ओमकारप्रसाद श्रेष्ठ

सदस्य तारिणीदत्त चटौत

सदस्य डा. रामवरण यादव

सदस्य महेश आचार्य

सदस्य दिलबहादुर घर्ती

सदस्य चन्द्रसिंह भट्टराई

सदस्य नरेन्द्रविक्रम नेम्वाङ

त्यसै गरी दशौं महाधिवेशनबाट कोइराला दोस्रो कार्यकालका लागि बन्नु भयो ।

 

दशौं महाधिवेशन

२०५७ माघ ६, ७, ८ र ९ गते, पोखरा

 

सभापति गिरिजाप्रसाद कोइराला

महामन्त्री सुशील कोइराला

कोषाध्यक्ष महन्थ ठाकुर

सहमहामन्त्री गोविन्दराज जोशी

सदस्य कृष्णप्रसाद भट्टराई

सदस्य शेरबहादुर देउवा

सदस्य शैलजा आचार्य

सदस्य वासुदेव रिसाल

सदस्य नोना कोइराला

सदस्य रामचन्द्र पौडेल

सदस्य बलबहादुर राई

सदस्य लीला कोइराला

सदस्य कुलबहादुर गुरुङ

सदस्य चक्रप्रसाद बा“स्तोला

सदस्य डा.रामशरण महत

सदस्य अर्जुननरसिंह केसी

सदस्य डा. रामवरण यादव

सदस्य महेश आचार्य

सदस्य दिलबहादुर घर्ती

सदस्य रामकृष्ण ताम्राकार

सदस्य बलदेव शर्मा मजगैया“

सदस्य कृष्णप्रसाद सिटौला

सदस्य लक्ष्मणप्रसाद घिमिरे

सदस्य गोपालराज पहाडी

सदस्य विनयध्वज चन्द

प्रवक्ता नरहरि आचार्य

सदस्य सुनिलकुमार भण्डारी

सदस्य प्रकाश कोइराला

सदस्य फरमुल्लाह मन्सुर

सदस्य पूर्णकुमार शेर्मा

सदस्य खुमबहादुर खड्का

सदस्य प्रकाशमान सिंह

सदस्य बिमलेन्द्र निधि

सदस्य विजयकुमार गच्छदार

सदस्य चिरञ्जीवी वाग्ले

सदस्य प्रदीप गिरी

माओवादी विद्रोह उत्कर्षमा पुगेको बेला २०५९ असार पहिलो साता प्रधानमन्त्री शेरबहादुर देउवा समुहले नया“ बानेश्वरमा महाधिवेशन प्रतिनिधिहरुको भेला गरी सभापति कोइरालालाई निष्कासन गर्दै देउवालाई सभापति घोषणा ग¥यो । यससंगै नेपाली कांग्रेस तेस्रो पटक विभाजित भयो ।

पार्टी विभाजन, २०५९

नेपाली कांग्रेस प्रजातान्त्रिक

 

सभापति शेरवहादुर देउवा

उपसभापति चिरञ्जीवी वाग्ले

महामन्त्री खुमवहादुर खड्का

सहमहामन्त्री विजयकुमार गच्छदार

सदस्यहरु विमलेन्द्र निधि

प्रकाशमान सिंह

प्रदीप गिरि

नरेन्द्रविक्रम नेम्वाङ

अमरराज कैनी

भीमकुमारी बुढामगर

दुर्योधनसिंह चौधरी

शेख जाहिर

गोपालमान श्रेष्ठ

होमनाथ दाहाल

कृष्णवहादुर गुरुङ

चित्रलेखा यादव

 

नेपाली कांग्रेसको एघारौं महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला तेस्रो कार्यकालका लागि सभापति हुनुभयो ।

एघारौ महाधिवेशन

२०६२ भदौ १४, १५, १६ र १७, ललितपुर

सभापति गिरिजाप्रसाद कोइराला

उपसभापति सुशील कोइराला

उपसभापति रामचन्द्र पौडेल

महामन्त्री कुलवहादुर गुरुङ

महामन्त्री डा.रामवरण यादव

सहमहामन्त्री अर्जुननरसिंह केसी

 

अर्को तिर नेपाली कांग्रेस प्रजातान्त्रिकको अधिवेशनबाट शेरवहादुर देउवा सभापति हुनु भयो ।

नेपाली कांग्रेस प्रजातान्त्रिक

२०६२ पुष २१, २२, २३ र २४ काठमाडौं

सभापति शेरवहादुर देउवा

उपसभापति गोपालमान श्रेष्ठ

उपसभापति प्रकाशमान सिंह

महामन्त्री विमलेन्द्र निधि

२०६४ असोजमा आई पुग्दा नेपाली कांग्रेस र प्रजातान्त्रिक पार्टी विच एकीकरण भयो ।

एकता महाधविशेन

२०६४ असोज ७, ललीतपुर

सभापति गिरिजाप्रसाद कोइराला

वरिष्ठ नेता शेरवहादुर देउवा

कार्यवाहक सभापति सुशील कोइराला

उपसभापति रामचन्द्र पौडेल

एकीकरणपछिको पहिलो अधिवेशनबाट सुशील कोइराला सभापति चुनिनु भयो ।

बाह्रौ महाधिवेशन

२०६७ असोज १ –५ काठमाडौं

सभापति सुशील कोइराला

बरिष्ठ नेता शेरवहादुर देउवा

उपसभापति रामचन्द्र पौडेल

महामन्त्री प्रकाशमान सिंह

कोषाध्यक्ष चित्रलेखा यादव

सहमहामन्त्री पूर्णवहादुर खड्का

पार्टीको तेह्रो महाधिवेशनवाट निर्वाचित हुनु भएका शेरवहादुर देउवा अहिले नेपाली कांग्रेसको सभापति हुनुहुन्छ ।

तेह्रौं महाधिवेशन

२०७२ फागुन चौथो साता, काठमाडौं

सभापति शेरवहादुर देउवा

वरिष्ठ नेता रामचन्द्र पौडेल

उपसभापति विमलेन्द्र निधि

उपसभापति विजयकुमार गच्छदार

महामन्त्री डा. शसांक कोइराला

महामन्त्री पूर्णवहादुर खड्का

सहमहामन्त्री डा. प्रकाशशरण महत

सहमहामन्त्री सुनीलवहादुर थापा

कोषाध्यक्ष सितादेवी यादव

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }