आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्वतीय उडान पुनः सुरु


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ५, २०७८
  • 610
    SHARES

काठमाडौँ, ५ असोज 
कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ । कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन् । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडान हुँदैआएको छ ।

निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयर हरेक शनिबार पर्वतीय उडान सञ्चालन गरिने आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । कम्पनीका अनुसार रु नौ हजार ९९९ मा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको छ । पर्वतीय उडानमा ठूला जहाज ९एटीआर० जहाजको प्रयोग गरिनेछ । सोही कारण एक यात्रु झ्यालतर्फ पर्ने छन् भने अर्को यात्रुसँगैको सिटमा बसेर यात्रा गर्न सक्नेछन् ।

निजी क्षेत्रकै अर्को वायुसेवा प्रदायक यती एयरलाइन्सले पनि शनिबार र आइतबार पर्वतीय उडान गर्ने भएको छ । कम्पनीले रु आठ हजार ८४८ मा दुई वटा टिकट बिक्री गर्नेछ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक घण्टाको पर्वतीय उडान हुन्छ । शरद ऋतु सुरु भएसँगै नजिकिएको दशैँ, तिहारलगायत चार्ड पर्वलाई लक्षित गरी वायुसेवा प्रदायकले पर्वतीय उडान सुरु गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)