काठमाडौं, ११ असोज
४२ औं विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,नेपाल पर्यटन बोर्ड तथा विभिन्न पर्यटन सँग सम्बन्धित संस्थाहरुको सहकार्यमा आज नेपालमा यो कार्यक्रम मनाएको हो ।
टुरिजम फर इन्क्लुसिव ग्रोथ नाराका साथ मनाईको यो वर्षको पर्यटन दिवसमा पर्यटन बोर्डले साइकल ¥याली,बृक्षारोपण तथा बोर्डमा अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो ।

बोर्डमा आयोपजत कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष यादव प्रसाद कोईरालाले कोभिड महामारीले गर्दा विगत डेढ वर्ष देखि बन्दाबन्दीमा खुम्चिएको पर्यटनलाई सुरक्षाका उपायहरु अपनाउँदै र अंगाल्दै चलायमान बनाउनु पर्ने बताउनु भयो । उहाँले पर्यटन खुला गर्ने गरी नयाँ मापदण्ड आएकोले त्यसको अनुशरण गर्दै अगाडि बढ्न व्यवसायीलाई आग्रह समेत गर्नु भयो ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिड महामारी र त्यसबाट सृजित बन्दाबन्दिले पर्यटन व्यवसायमा ठुलो परेको उल्लेख गर्दै राज्यले समेत यसको प्रर्वद्धनमा विशेष चासो दिनु पर्ने धारणा राख्नु भयो । उहाँले यो महामारीबाट प्रत्यक्ष, अप्रत्यक्ष गरी करीब १० लाख जनशक्तिको रोजगार संकटमा परेको बताउँदै पर्यटन क्षेत्रको जनशक्तिलाई अल्पकालीन रोजगारीको लागि बोर्डले युएनडीपीसँगको सहकार्यमा अल्पकालीन रोजगारीको कार्यक्रम शुरु गरेको जानकारी दिनुभयो ।

यस्तै बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपाल सरकारबाट निजी क्षेत्रको सहकार्यमा पर्यटनका लागि नयाँ सुरक्षा प्रोटोकल सार्वजनिक भैसकेकोेले त्यसका आधारमा विस्तारै पर्यटनलाई चलायमान बनाउँदै लैजानु पर्ने धारणा राख्नु भयो । उहाँले पर्यटन उद्योगलाई पुरानै लयमा फर्काउन समय लाग्ने भएपनि सरकार र निजी क्षेत्र मिलेर काम गर्दा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनका सकारात्मक उर्जा मिल्ने धारणा राख्नु भयो ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्र सिंह तामाङले कोभिडको कारण विगत वर्षहरुमा धेरै काम गर्न नसकिएको बताउँदै विगत वर्षहरुमा पर्यटनमा उत्कृष्ट योगदान गर्ने संस्था तथा व्यक्तिलाई यो वर्ष सम्मान गरिएको बताउनु भयो । कार्यक्रममा बोर्डका निर्देशक हिक्मत सिंह ऐरले कोभिडका बीच अहिले पर्यटन खुल्ने निर्णयले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको बताउनु भयो । बोर्डमा आयोजित कार्यक्रम अघि बिहान बोर्डबाट इलेक्ट्रिक साइकल ¥याली आयोजना गरिएको थियो । साइकल ¥यालीको मनत्रालयका सचिव कोईरालालो उद्द्धाटन गर्नु भएको थियो । उक्त साइकल ¥याली ठमेल बसन्तपुर लगायतका क्षेत्र परिकर्मा गरि बोर्डमा आई समापन भएको थियो ।
यस्तै बोर्डले विश्व पर्यटन दिवसकै अवसरमा गोर्कणेश्वर नगरपालिकाको जगडोलमा रहेको राष्ट्रिय शहीतद तथा शानित पार्कमा वृज्ञारोपण कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा सचिव कोईराला,बोर्डका उपाध्यक्ष चन्द्र रिजाल,मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने,सहसचिव तारानाथ अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रबनधक डीम प्रकाश पौडेल,बोर्डका निर्देशक हिक्मत सिंह ऐर,युनेस्को कल्वका सदस्य डा.बाबुराम पौडेल,पार्कका अध्यक्ष सुदर्शन सिग्देल लगायतले बृक्षारोपण गर्नु भएको थियो ।
