शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्वाचनको चार वर्षपछि महोत्तरीको एक वडामा पुनः मतगणना हुँदै


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १२, २०७८
  • 507
    SHARES

जनकपुरधाम ,१२ असोज

महोत्तरीको एक स्थानीय तहको वडामा पुनः मतगणना गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेको छ ।

जसअनुसार महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं. १० मा निर्वाचन सम्पन्न भएको चार वर्षपछि पुनः मतगणना हुने भएको हो ।

स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि सर्वोच्चले पुनः मतगणना गर्ने उच्च अदालतको आदेश सदर गरेको छ ।

उच्च अदालत जनकपुरले २०७५ असार २१ गते १५ दिन भित्र पुनः मतगणना गर्न आदेश दिएकोमा नेपाली कांग्रेसबाट निर्वाचित वर्तमान वडाध्यक्ष अरुण चौधरीले सर्वोच्चमा आदेश खारेजी गरिपाउँ भनी निवेदन दिएका थिए । यस्तै २०७७ चैत ६ गते सर्वोच्चले उच्च अदालत जनकपुरकै आदेशलाई सदर गरिदिएकोमा त्यसबेला कोरोनाको कारण मतगणनाको मिति तय हुन सकेको थिएन ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले २०७८ कात्तिक ७ गते बिहान ११ बजे मतगणनाको लागि मिति तोकेको छ ।

२०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका अरुणकुमार चौधरीको दुई सय ६४ मत र स्वतन्त्र उम्मेदवार रमेश रायको दुई सय ६७ मत आएकोमा निर्वाचन अधिकृतले अरुणकुमार चौधरीको ३ वटा बदर मतसमेत सदर गरिदिएपछि दुवै बराबरीमा भएको र सोपछि आफू नभएको वेला निर्वाचन अधिकृतले गोलाप्रथा गरी अरुण कुमार चौधरीलाई निर्वाचित गराइदिएको भन्दै रमेशकुमार रायले मुद्दा हालेका थिए।

मनरा सिस्वा नगरपालिका–१० को वडाध्यक्ष पदमा ९ जना उम्मेदवार प्रत्यासी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)