आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सभामुख सापकोटाविरुद्ध लागेको हत्या अभियोगको मुद्दाको सुनुवाई हुँदै


  • माउन्टेन खबर
  • बुधबार, अशोज १३, २०७८
  • 343
    SHARES

१३ असोज, काठमाडौं । आज संवैधानिक इजलासमा सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा सुनुवाइ हुँदैछ । सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा रहेका छन् ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै मुद्दा परेको थियो । मृतक लामाकी पत्नी पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेको भन्दै तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै मुद्दा दायर गरेकी थिइन्।

यता मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले पनि २०६८ असार ६ गते नै दर्ता गरेका थिए । द्वन्द्वकालीन मुद्दामा पटक पटक पेसी चढ्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }