बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फेरी पनि स्थगित भयो लुम्बिनी प्रदेशसभाको बैठक


  • माउन्टेन खबर
  • बुधबार, अशोज १३, २०७८
  • 556
    SHARES

१३ असोज, रुपन्देही । लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सारिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सार्नुभएको हो ।

प्रदेशसभाको नवौँ अधिवेशन सुरु भएयता कुनै बैठक पूर्णरुपमा बस्न सकेका छैनन् । एमालेले आफ्ना सांसदद्वय अजय शाही र बिमला वलीलाई कारवाही गर्नुपर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)