शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

परराष्ट्रमन्त्री खड्काको सपथसम्बन्धिको मुद्दा ‘हेर्न नभ्याइने’मा


  • माउन्टेन खबर
  • बुधबार, अशोज १३, २०७८
  • 203
    SHARES

१३ असोज, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा परेको रिटको सुनुवाइ आज नहुने भएको छ ।

सर्वोच्चले सपथ सम्बन्धी रिटलाई ‘हेर्न नभ्याउने’मा राखेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चले हेर्न नभ्याइने जनाएको हो ।

गत ६ असोजमा सर्वोच्चमा अधिवक्ता विशाल न्यौपानेले खड्काले परराष्ट्रमन्त्रीका रूपमा लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।

अधिवक्ता न्यौपानेले रिटमा कानुनी व्यवस्थाविना नै मन्त्री खड्काको शपथ भएको उल्लेख गरेका छन् ।

संविधानको धारा ८० अनुसार संघीय कानुन बनाएर मात्र शपथको व्यवस्था गर्न रिटमा माग गरिएको छ । सो व्यवस्था अनुसार शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगराउन अधिवक्ता न्यौपानेले अन्तरिम आदेश माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }