आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन अझै ९ महिना लाग्ने


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १४, २०७८
  • 760
    SHARES

पोखरा, १४ असोज 

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन अझै ९ महिना लाग्ने भएको छ । विमानस्थल आयोजनाको काम हालसम्म ८४ प्रतिशत मात्र सकिएको छ । निर्धारित समयममा काम नसकिएपछि गत जुलाईमा एक वर्षका लागि म्याद थपिएको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीलेले बताएका छन् ।

गत साउनमै सम्पन्न हुनुपर्ने आयोजना कोभिड–१९ का कारण निर्धारित समयमा पूरा नभएको मुनकर्मीको भनाइ छ । गत जुलाईमा आयोजनाको म्याद एक वर्ष थप भएकाले उक्त अवधिमा सबै काम सम्पन्न भएर विमानस्थल सञ्चालनमा आउने उनले बताए । विमानस्थल निर्माणको म्याद २०२२ को जुलाई १० सम्म समय थप गरिएको जानकारी उनले दिए ।

हाल विमानस्थलको २ हजार ५०० मिटर लामो रनवे गतवर्ष नै सम्पन्न भएको छ । टर्मिनल भवन एटिसी टावर, ह्यांगरलगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर फिनिसिङ र इलेक्ट्रिक जडान कार्य भइरहेको छ ।

यसैगरी ट्याक्सी–वे, ह्यांगर, एप्रोन, पार्किङ निर्माणलगायतका काम सम्पन्न भएको र जग्गा अधिग्रहणको ९९ प्रतिशत कार्य सकिएको बताइएको छ । विमानस्थल तीन हजार ८९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । रू. २२ अर्बको लगानीमा चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)