सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेले उठान गरेका मुद्दामा प्रत्यक्ष सम्वाद चहान्छौं: एमाले प्रमुख सचेतक भट्टराई


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १४, २०७८
  • 517
    SHARES

काठमाडौं ,१४ असोज

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका मुद्दालाई संवोधन गरेर सिधा आफ्नो पार्टीका संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेकपा एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरु रहेको बताउनुभयो । उहाँले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानून बिपरित्, संविधान बिपरित्, र नैतिक दृष्टिकोणले  पनि उचित नभएको बताउनुभयो ।

प्रमुख सचेतक भट्टराईले भन्नुभयो, ‘खास गरी नेकपा एमालेले उठान गरेका जे मुद्दाहरु हुन् ती मुद्दाहरुको बारेमा सत्तापक्षले वा सभामुख ज्यूले हाम्रा आपत्तिहरुलाई आधार बनाएर समाधानमुखी तरिकारले नेकपा एमालेसँग डाइरेक्ट संवाद गर्दा भइगयो नि किन अरु गठबन्धनलाई भेला पारेर, अरु सबैसँग साच्ची राखेर हामीसँग उहाँले बस गर्नुपर्दैन, त्यो जरुरी हामी ठान्दैनौँ,सिधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैँ खुल्ला छौँ,त्यसकारण आजकोबैठकमा हामी गएनौ,मुल कुरा सरकारसँग अहिले हाम्रो आपत्ति भनेको संसदको अहिलेको हाम्रो अवरोध भनेको सभामुख व्यवहारप्रतिको आपत्ति,उहाँको निर्णयप्रतिको आपत्ति हो भने पछिल्ला दिनमा सरकारसँग पनि हाम्रो केही आपत्तिहरु थपिएका छन्, जस्तै साउन ३२ गतेको दिन संसद अधिवेशन अन्त्य गर्नुभयो,विगतमा हामीलाई पटकपटक संसद छलेको आरोप लगाउने उहाँहरुले १ गते बिहानै अध्यादेश ल्याउनुभयो,त्यो पनि ४० बाट झारेर २० प्रतिशतमा पार्टी फुटाउन मिल्ने अध्यादेश ल्याउनुभयो,हामीले ल्याउँदा संसद छलेको हुने,उहाँहरुले ल्याउँदा नहुने रुकति भए पुग्छ भनेर हाम्रो दल विभाजन गर्नका लागि जुन हर्कत गरियो त्यसप्रति हाम्रो आपत्ति हो,अझ आश्चर्यको कुरा के हो भने प्रतिनिधिसभामा टेबुल गरिसकेपछि त्यहीबाट निरुपण गर्ने, पास, फेल के गर्ने हो त्यो उहाँहरुसँग बहुमत थियो, त्यो गर्दा भइहाल्थ्यो तर त्यो छोडेर उहाँहरुले संसदमै त्यसलाई बेवारिसे छोडिदिएर अचानक क्याबिनेटले फिर्ता लिने जुन काम गर्नुभयो,त्यो कानून बिपरित् छ,संविधान बिपरित् छ, नैतिक दृष्टिकोणले बास्तवमा त्यो उचित काम भएन ।’

प्रमुख सचेतक भट्टराईले नेकपा एमालेसँग मात्रै छलफल गर्न आवश्यक रहेको भन्दै छलफलमा अन्य दल बोलाउन नपर्ने बताउनुभयो । प्रधानमन्त्री र सभामुखले नेकपा एमालेका संसदीय दलका नेतासँग मात्रै संवाद गरे आफू छलफलमा बस्न तयार रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }