आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुधारिँदै बाह्य पर्यटक आगमन


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १५, २०७८
  • 336
    SHARES

काठमाडौं, १५ असोज 

कोभिड महामारी तुलनात्मक रूपमा कम भएसँगै पछिल्लो महिना नेपाल आउने पर्यटक संख्या पनि बढेको पाइएको छ । कोभिड नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धहरू खुकुलो हुनु, कोभिड विरुद्धको खोप लगाउने क्रम बढेको र पर्यटकीय क्षेत्र सञ्चालनमा आउन थालेकाले नेपालमा पर्यटक आगमनमा पनि क्रमिक सुधार देखिएको हो ।

अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत अगष्ट महिनामा नेपालमा ५ हजार ९१७ जना पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएका छन् । अघिल्लो महिना जुलाईमा यो संख्या २ हजार ५१ रहेको थियो ।

अगष्टमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय पर्यटक १ हजार ९८५ जना रहेका छन् । यसैगरी दोस्रोमा अमेरिकाका १ हजार २४४ र तेस्रोमा बेलायतका ४१६ जना आएका छन् ।

सोही अवधिमा नेपालबाट बाहिरिने पर्यटकको संख्या ५ हजार ८३ रहेको छ । यस्तै अगस्टमा बाहिरबाट ४३ हजार २९ नेपाल स्वदेश फर्किएका छन् भने ५० हजार १२९ जना बाहिरिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)