बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चितवनद्वारा भैरहवालाई १६५ रनको लक्ष्य


  • माउन्टेन खबर
  • सोमवार, अशोज १८, २०७८
  • 242
    SHARES

१८ असोज, काठमाडौं एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत चितवन टाइगर्सले भैरहवा ग्लाडियटर्सलाई १६५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भैरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको थियो।

चितवनका लागि करिम जन्नतले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै मोहमद साहजादले ३२ रन बनाउँदा सेकुगे प्रशन्नले २४ रन बनाए । बलिङतर्फ भैरहवाका लागि अविनास बोहोराले सर्वाधिक तीन विकेट लिए ।

त्यसतै कुशल मल्लले दुई विकेट लिए । भैरहवाका लागि धमिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)