शनिबार, बैशाख २२, २०८१

संखुवासभाको संगठन बलियो बनाउन मेरो पहल हुन्छ : सभापति दिपक खड्का


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २२, २०७८
  • 345
    SHARES

काठमाडौँ, २२ असोज । नेपाली काँग्रेस संखुवासभाका सभापति दिपक खड्काले संखुवासभाको काँग्रेस संगठन बलियो बनाउन आफ्नो पहल हुने बताउनुभएको छ ।

काँग्रेस सूचना सञ्चार तथा प्रविधि विभागले आज आयोजना गरेको ‘छहारी संवाद’मा बोल्दै उहाँले संखुवासभा काँग्रेसलाई एकतावद्ध बनाउँदै जिल्लामा काँग्रेसको संगठनलाई मजबुद बनाउन आफ्नो पहल हुने बताउनुभएको हो ।

“मलाई केन्द्रको राजनीति गर्न आम नेता कार्यकर्ताको प्रेसर हुँदाहुँदै जिल्लाको संगठन विग्रिन जाने डरले गर्दा संखुवासभामा गएर पार्टी सभापति लडेको हो,”– उहाँले भन्नुभयो ।

५५ वर्षपछि संखुवासभा क्षेत्र नं २ बाट संविधानसभा निर्वाचनमा काँग्रेसको तर्फबाट उम्मेद्वारी दिई निर्वाचित हुनुभएका खड्काले गुठरहित संखुवासभा निर्माण गर्नका लागि सबैलाई आह्वान समेत गर्नुभएको थियो ।

गुठले पार्टी धरासयी बन्दै गएको भन्दै उहाँले गुठको अन्त्यका लागि आफू साझा उम्मेद्वार बनेको बताउनुभयो । भर्खरै सम्पन्न संखुवासभा काँग्रेसको निर्वाचनमा १३५२ मतमध्ये खड्काले ११९८ र प्रतीस्पर्धी राईमान राईले ११० मत प्राप्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }