शनिबार, बैशाख २२, २०८१

सुरक्षा सामूहिक सहमतिको विषय होः रक्षामन्त्री डा रिजाल


  • माउन्टेन खबर
  • शनिबार, अशोज २३, २०७८
  • 171
    SHARES

विराटनगर, २३ असोज 
रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा मैले पनि काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहन्छ भन्नुभयो ।

मन्त्री डा रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च रहेको बताउँदै राष्ट्रिय विपत्तिमा नेपाली सेनाले अग्रभागमा रहेर उच्चकोटीको काम गरेको जानकारी दिनुभयो । नेपाली सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गर्दै उहाँले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने दृढता व्यक्त गर्नुभयो ।

मन्त्री डा रिजालले नेपालको संविधानले वाक र प्रेस स्वतन्त्रता दिएकाले कसले के कुरा गर्छ र लेख्छभन्दा पनि सरकार भर्खरै विस्तार भएको छ र यसले आफ्ना काममा गति लिन्छ भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }