शनिबार, बैशाख २२, २०८१

सबै नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौँः सहरी विकासमन्त्री झाँक्री


  • माउन्टेन खबर
  • आइतवार, अशोज २४, २०७८
  • 153
    SHARES

दमौली ,२४ असोज

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

नेकपा (एकीकृत समाजवादी) तनहुँले दसैँका अवसरमा आज दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सरकार सबै नागरिकको भएको बताउनुभयो ।

 

मन्त्री झाँक्रीले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताउनुभयो । भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको र आगामी दिनमा पनि सोहीविरुद्ध लड्ने मन्त्री झाँक्रीले उद्घोष गर्नुभयो । मन्त्री झाँक्रीले समय धेरै नभएकाले जनअपेक्षाअनुसार काम गर्ने बताउँदै भन्नुभयो, “हामीसँग समय छैन भनेर बस्ने छुट छैन, समय छोटो छ तर केही न केही गरेरै छाड्छौँ ।”

 

मन्त्री झाँक्रीले न्यायोचित विकासको पक्षमा रहेर काम गर्ने बताउँदै भन्नुभयो, “गुल्मीले मन्त्री पायो भन्दैमा गुल्मीमा मात्रै विकास होइन, जुम्ला र हुम्लामा पनि विकास हुनुपर्छ, न्यायोचित विकासको पक्षमा म छु ।” मन्त्री झाक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताउनुभयो ।

 

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका सवालमा भइरहेका दलाली र विकृति अन्त्य गर्ने बताउनुभयो । समाजवादोन्मुख राज्य प्रणाली स्थापनाका निम्ति नीति, कानून र मापदण्ड बनाउँदै मन्त्री श्रेष्ठले श्रमिकले श्रमको मूल्य नपाउने अवस्थाको पूर्ण अन्त्य गरिने बताउनुभयो ।

 

कोभिड महामारीका कारण करिब १५ लाखले रोजगारी गुमाएको बताउँदै मन्त्री श्रेष्ठले रोजगारी गुमाएकाको पुनःस्थापना अहिलेको चुनौती रहेको बताउनुभयो । “सबै क्षेत्रसँग समन्वय गरेर सकेसम्म देशभित्रै रोजगारका अवसर सिर्जना गर्ने र आत्मस्वाभिमानको साथ काम गर्ने वातावरणको निम्ति पहलकदमी लिनेछु”, मन्त्री श्रेष्ठले भन्नुभयो ।

 

औद्योगिक क्षेत्रमा श्रमिकमाथि हुने शोषणको अन्त्य गर्ने बताउँदै मन्त्री श्रेष्ठले औद्योगिक निकायसँग छलफल गरेर दीर्घकालीन समाधानको काम गर्ने बताउनुभयो । कार्यक्रममा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य कलिला खान, रेखा थापा बस्याललगायतले तनहुँ जिल्लामा  एकीकृत समाजवादीको सङ्गठन सुदृढीकरणमा ध्यान दिने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }