शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जसपा प्रदेश-२ का मुख्यसचिव झाद्वारा राजीनामा


  • माउन्टेन खबर
  • आइतवार, अशोज २४, २०७८
  • 328
    SHARES

२४ असोज, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का प्रदेश २ का मुख्य सचिव शम्भु झाले मुख्य सचिवसहित पार्टीको सम्पूर्ण जिम्मेबारीबाट राजीनामा दिएका छन् ।

‘झाले पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले आफूले जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारी वाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिनासम्म काम गरेको बताउँदै झा आफ्नो योग्यता र क्षमता भन्दा ठूलो पद आफूले पाएको बताएका छन् ।

झाले आफू बाँचुजेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने समेत प्रस्ट पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)