बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साफ फूटबलको फाइनलमा पुगेको नेपाली टोलीलाई प्रधानमन्त्रीको बधाई


  • माउन्टेन खबर
  • बुधबार, अशोज २७, २०७८
  • 761
    SHARES

काठमाडौं, २७ असोज

साफ फूटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री देउवाले नेपाली टोलीलाई बधाई तथा शुभकामना समेत दिनु भएको छ।

प्रधानमन्त्री देउवाले , ‘साफ फूटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फूटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु लेख्नु भएको छ।

हार्दिक बधाई तथा शुभकामना !

साफ फुटवल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली

फुटवल टोलीका सम्पुर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई

बधाई तथा आगामी खेलको लागि सुभेच्छा सहित प्रोत्साहन दिन चाहान्छु ।

बुधवार भएको खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपाल र बंगलादेशबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)