शनिबार, बैशाख २९, २०८१

आईपीएल २०२१

दिल्लीलाई हराउँदै कोलकाता फाइनलमा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २८, २०७८
  • 505
    SHARES

काठमाडौं ,२८ असोज

आईपीएल २०२१ को दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै कोलकाता नाइटराइडर्स फाइनलमा पुगेको छ ।

कोलकाताले रोमाञ्चक म्याचमा दिल्लीलाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो । रविचन्द्रन आश्विनको ओभरमा राहुल त्रिपाठीले म्याचको अन्तिम बलमा छक्का प्रहार गर्दै नतिजा कोलकाताको पक्षमा पारे ।

आईपीएलको फाइनलमा इयोन मोर्गन नेतृत्वको कोलकाता र महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाइ सुपरकिंग्सबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल १५ अक्टुबरको दिन दुबई अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा हुने छ ।

कोलकाताका कप्तान मोर्गनले टस जितेर दिल्लीलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । पहिले ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । दिल्लीले ४५ डट बल खेलेको थियो ।

दिल्लीको जितमा वेंकटेश अय्यरको योगदान महत्वपूर्ण रह्यो । उनले ४१ बलमा ५५ रन बनाए । शुभमन गिलले ४६ रन बनाए । अय्यर र शुभमन गिलबीच ९६ रनको ओपनिङ साझेदारी भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }