आइतवार, बैशाख ३०, २०८१

माल्दिभ्सलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २८, २०७८
  • 290
    SHARES

काठमाडौं ,२८ असोज

भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा भारतले माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

भारतलाई सहज जित दिलाउनको लागि कप्तान सुनिल क्षेत्रीको दुई गोल गरे भने मनवीर सिंहले एक गोल थप्यो । माल्दिभ्सका लागि अलि अश्फाकले गरेको गोल सान्तवना बन्यो ।

खेलको ३३ औं मिनेटमा सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा अश्फाकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ६२ औं मिनेटमा कप्तान सुनिलले गोल गर्दै भारतलाई पुनः अघि बढाए । ७१ औं मिनेटमा सुनिलले नै गोल गर्दै भारतलाई ३-१ को सहज जित दिलाए ।

योसँगै भारत प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्यो ।

यसअघि नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको छ । प्रतियोगिताको इतिहासमा नै नेपाल पहिलो पटक फाइनल पुगेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }