बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टी–ट्वान्टी विश्वकप

नामिबियालाई ७ विकेटले हराउँदै श्रीलंकाको सुखद् सुरुआत


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २, २०७८
  • 709
    SHARES

काठमाडौं,२ कात्तिक

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको खेलमा श्रीलंकाले विजयी सुरुआत गरेको छ।सोमबार राति आबुधाबीमा सम्पन्न खेलमा नामिबियालाई ७ विकेटले हराउँदै श्रीलंकाले सुखद् सुरुआत गरेको हो ।

नामिबियाले दिएको ६७ रनको लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित ४२ तथा अभिष्का फर्नान्डोले अविजित ३० रन बनाए।त्यस्तै, कुशल परेराले ११ जोड्दा दिनेश चण्डिमाल ५ तथा पाथुम निसान्कासमान ५/५ रनमा आउट भए।नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले  समान एक/एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया १९ ओभर ३ बलमा  ९६ रन बनाएर अलआउट भएको थियो। नामिबियाका लागि क्रेग विलियम्सले २९ रन जोड्दा गेर्हार्ड एरास्मुसले २० रन बनाए। त्यसैगरी  जेजे स्मिथले अविजित १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

नामिबियालाई सस्तैमा समेट्न श्रीलंकाका महेश थिक्शानाले ३ तथा लाहिरु कुमारा र वाविन्दु हसरंगाले समान २÷२ विकेट लिए। त्यस्तै, चामिका करुनारत्ने र दुश्मन्था चामिराले १/१ विकेट लिए।

विश्वकपको पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)